image
image
कञ्चनपुरमा एक लाखलाई दुवै डोज

कञ्चनपुरमा एक लाखलाई दुवै डोज

काठमाडौँ, १४, असोज । कञ्चनपुरमा एक लाख बढीले कोरोना विरुद्धको पुर्ण खोप पाएका छन् । जिल्लामा माघदेखि सुरु भएको खोप अभियान अन्तरगत विभिन्न चरणमा गरेर १ लाख २२७ जनाले पहिलो र दोस्रो मात्रा खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार माघदेखि जेठसम्म ३० हजार २ सय २४ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाएका थिए । उनीहरूमध्येकै ६ हजार ७ सय ४० जनाले मात्रै दोस्रो मात्रा पाएका थिए । कोभिशिल्डको पहिलो मात्रा लगाएका २४ हजार बढीले ६ महिनापछि एस्ट्राजेनेकाको खोप लगाएका हुन् ।

यसैगरि, असारदेखि हालसम्म विभिन्न चरणमा गरि ७८ हजार १ सय ६४ ले पहिलो मात्रा र ४२ हजार ८ सय ८७ ले दोस्रो मात्रा खोप पाए । एक मात्रा खोप लगाउनुपर्ने जानसेन खोप २७ हजार ४ सयले लगाएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुॅवरले बताए ।

हालसम्म जिल्लाभरिमा पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख १४ हजार ६ सय ६८ छ । जसमध्ये १ लाख २ सय २७ ले दोस्रो मात्रा पनि पाएका छन् । अस्ट्राजेनेका खोप लगाएका ६ हजार २ सय ८० लाई दसैंपछि दोस्रो मात्रा दिइने कोल्ड चेन अधिकृत कुॅवरले बताए । भेरोसेलको पहिलो मात्रा लगाएका झण्डै ४० हजारलाई पनि दशैं तिहारपछि नै दोस्रो मात्रा लगाइने उनले बताए ।

स्वास्थ्य कार्यालयले अहिले कञ्चनपुरको गड्डाचौकी नाकामासमेत भारतबाट घर फर्किनेहरूलाई कोरोना विरुद्धको खोप लगाइरहेको छ । सुरुमा अस्ट्राजेनेकाको खोप लगाइएको थियो भने अहिले भेरोसेलको खोप लगाउने काम भइरहेको छ । नाकामै अस्ट्राजेनेकाको खोप लगाएकाहरूलाई नै दोस्रो मात्राको खोप दिन बॉकी रहेको छ । ‘विश्वविद्यालयका विद्यार्थी र नाकामा घर फर्किनेहरूका लागि दोस्रो मात्रा सुनिश्चित गरेरै खोप दिइएको हो,’ कुॅवरले भने, ‘उनीहरूलाई दसै वा तिहारपछि दोस्रो मात्रा दिइनेछ ।’ भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई पनि दसैं तिहारपछि नै दोस्रो मात्रा दिइने उनले बताए । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।