image
image
क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा म्यानचेष्टर युनाइटेडको जित  

क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा म्यानचेष्टर युनाइटेडको जित  

काठमाडौँ, १४, असोज । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई पराजित गरेको छ । बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो ।

खेलको ५३ मिनेटमा अल्कासरको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो। ६० मिनेटमा एलेक्स तेलेसले युनाइटेडका लागि बराबरी गोल गर्न सफल भए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। खेलको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दा युनाइटेडले २–१ को जित निकाल्यो ।

जितसँगै युनाइटेडले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेड समूहको तेस्रो स्थानमा छ । पराजित भिल्लारियल १ अंकसहित समूहको पुछारमा छ । शीर्ष स्थानको एटलान्डाको ४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।