image
image
 प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने

 प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने

काठमाडौँ, १३, असोज । प्रदेश–२ मा का मुख्यमन्त्री लालबाबु राउतले २० असोजमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषदको बुधबारको बैठकले २० असोजमा प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने तालिका छ ।

जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ उपधारा २ को व्यवस्थाअनुसार उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । उक्त उपधारामा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभााजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

प्रदेश–२ सभामा जसपाका ३९, कांग्रेस १९, लोसपा १६, नेकपा ९एकीकृत समाजवादी० १३, माओवादी केन्द्र आठ, एमाले आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

जसपा, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका गरी सभामुखसहित ७९ सांसद छन् । एक सय चार सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५२ सांसद भए पुग्छ । त्यसैले मुख्यमन्त्री राउत भारी बहुमतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।