image
image

महासंघ र उर्जामन्त्री भुसालबीच भेटघाट, प्राधिकरण र आयोगको निर्णय सच्याउन आग्रह

काठमाडौँ, १३, असोज । नेपाल उद्योग वाणिज्य महासंघले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघको टोलीले उर्जामन्त्री भुसालसँग छलफल गरेको हो ।

छलफलका क्रममा व्यवसायीले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । दुवै निकायबाट भएका निर्णयहरु समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसावले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ ।
  
नियमन आयोगले मिति २०७८ साल भदौ ३० गते मा सार्वजनिक सूचना प्रकाशित गरि डिमाण्ड शूूल्क बढाउन सिफारिस गरेको थियो । यस्तै, विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता ९पीपीए० रोकिरहेको छ ।

डिमाण्ड शूूल्क वृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने हुदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्ने महासंघले बताएको छ ।

महासंघले प्रतिष्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महशूूल न्यूून गरि अन्य शूूल्क हटाउँदै जानुपर्ने माग राखेको छ । तर, आयोगले उद्योगहरुका लागि टिओडी मिटरमार्पmत निश्चित समयमा विद्युत महशुल बढि लिन पाउने सिफारिस समेत गरेको छ। 

कोभिडको बिषम परिस्थितिमा डिमाण्ड शूूल्क वृद्धि र टिओडीमार्पत महशूूल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष देखिदैन् । त्यसैले डिमाण्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरि उद्योगहरुलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन निर्देशन जारि गर्न समेत महासंघले उर्जा मन्त्री मक्ष निर्णय सच्याउन अनुरोध गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।