कांग्रेसको नगर समितिमा भोट हाल्दै चौधरीले भने – कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔं
काठमाडौँ, १३, असोज । उद्योगपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले पार्टीका कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन पर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता समते रहेका उनले नवलपरासीको देवचुुली नगर समितिमा भोट हाल्दै चौधरीले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको नगर तथा गाउँपालिका अधिवेशनका क्रममा भोट हाल्दै उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउने गरी अवको नीति तथा योजना बनाउनुपर्ने उल्लेख गरे । यसो गर्न सके पार्टीको भविष्य समेत उज्जवल हुने उनको तात्पर्य छ ।
उनले भोट हालेको तस्वीर सामाजिक सञ्जाल फेसबुमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेस ऐतिहासिक महाधिवेशनको संघरमा छ । हामी सम्पूर्णरुपले महाधिवेशनमा होमिएका छौं ।’ यस्तै, पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने उल्लासमय राजनीतिक महोत्सवलाई लिएर आफू उत्साहित भएको समेत उनले उल्लेख गरेका छन् ।