भागरथी भट्ट हत्यामा संलग्न आरोपी सार्वजनीक
काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टका हत्याका आरोपीलाई प्रहरीले सार्वजनीक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा दिनेश भट्टलाई बुधवार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरेको हो।
भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्।
गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएको थियो।