image
image

परराष्ट्रमन्त्री खड्काको शपथ गैरकानुनी भएको भन्दै बदर गर्न सर्वोच्चमा रिट

काठमाडौँ  ११ असोज  । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ कानुनी स्रोतबिनै भएको भन्दै बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा २०७८ असोज ६ गते परराष्ट्रमन्त्री खड्काले लिएको पद तथा गोपनीयताको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको रिट परेको हो ।

परराष्ट्रमन्त्री खड्का विरुद्ध अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका छन् । उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

त्यस्तै रिट निवेदक न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्नरनगराउन अन्तरिम आदेश जारीको माग सर्वोच्चसमक्ष राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।