image
image
प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन सक्दैन ः उपेन्द्र यादव

प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन सक्दैन ः उपेन्द्र यादव

काठमाडौँ, १२, असोज । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा खुद्रा विकास भइरहेको बताएका छन् । यो खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन नसक्ने उनको भनाइ छ ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश(२ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले एकीकृत योजना बनाउनुपर्ने बताए ।

ऐतिहासिक, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको यो प्रदेशमा पर्यटक भित्र्याउने सम्भावना धेरै रहेको उनले बताए। प्रदेशभरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन उनले प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा सहभागी रहेका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पर्यटन प्रवर्द्धन लागि हरेक पक्षसँग सहकार्य गर्न तयार रहेको बताए । पर्यटन प्रवर्द्धनको लागी प्रदेशका मुख्य धार्मिक तथा एतिहाँसिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरि सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने राउतले बताए ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।