image
image
वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने  तयारी

वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने  तयारी

काठमाडौँ, १२, असोज । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।


‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ’, सापकोटाले भने ‘चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’ 

तर, पुनको स्वास्थ्य अवस्था भने स्थिर रहेको सापकोटाले बताए। पुन गत साता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।