image
image
मंसिर र पुसमा १७ वर्षसम्मका बालबालिकालाई कोरोनाको खोप लगाउने

मंसिर र पुसमा १७ वर्षसम्मका बालबालिकालाई कोरोनाको खोप लगाउने

काठमाडौँ, १२, असोज । सरकारले आगामी मंसिर र पुसमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाको खोप लगाउने लक्ष्यसहित खोप आयात अन्तिम चरणमा पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्ययोजना बनाएर जनसंख्या र संक्रमणको जोखिमलाई आधार मानेर सो उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने भएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कतिपय मुलुकले बालबालिकालाई खोप लगाई रहेको जनाउँदै नेपालमा पनि १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने कार्ययोजना बनाएको बताए । बालबालिकाका लागि मोर्डना र फाइजर खोप ल्याउने तयारी गरेको र खोप आयात प्रक्रिया अन्तिम चरणमा पुगेको छ, सहप्रवक्ता अधिकारीले कारोबारसँग भने, बालबालिकाका लागि हाल विभिन्न खोपहरु अनुसन्धानको क्रममा रहेको भएपनि यी दुई खोप अन्य देशले प्रयोग गरिरहेको र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालिन प्रयोग अनुमति दिएको छ ।

तोकिएका खोप ल्याएर मंसिर र पुसमा बालबालिकालाई लगाउन सरकारको तयारी समेत सुरु गरेको छ । हामीले फाइजर र मोर्डना खोप कोभ्याक्स सुविधाअन्र्तगत ल्याउन गरेको तयारी पनि अन्तिम चरणमा रहेको र केही समयपछि खोप प्राप्त हुने देखिएको छ, उनले भने । सरकारले तोकिएको समुहमा पर्ने बालबालिका अनुसार मंसिर र पुसमा लगाइसक्ने लक्ष्यसहित योजना अघि बढाएको जनाएको छ । तर यो खोप आएपनि सबै बालबालिकाले सोही समयमा भने लगाउन पाउने छैनन् । सरकारले यसअघिका खोप वितरणमा लागू गरेको प्राथमिकताको आधार भने बालबालिकाको हकमा समेत लागू हुनेछ ।

सरकारले मोर्डना ४० र फाइजर ६० लाख डोज ल्याउने तयारी गरेको छ । यो १ करोड खोप कोभ्याक्सअन्र्तगत खरिदको प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ । हालसम्म योजना अनुसार अन्य देशको तुलनामा अमेरिकाबाट छिटो खोप आउने देखिएको मन्त्रालयले जनाएको छ । हाललाई फाइजर खोप अमेरिकाबाट नै ल्याउने गरी छलफल भएको छ । 

बालबालिकाका लागि खोप आएपनि सबैलाई एकै पटक लगाउन सकिने सम्भावना भने नरहेको मन्त्रालयले जनाएको छ । जनसंख्या र संक्रमणको सम्भावित जोखिम मूल्यांकन गरेर १२ देखि १८ वर्ष उमेर समुहलाई खोप लगाइने योजना रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।