image
image
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्वासको मत लिने  

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्वासको मत लिने  

काठमाडौँ, १२, असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।

भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगिन् । प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक हुन्छ ।

उसो त मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनका लागि निकै प्रयास पनि गरिन् । तर सो प्रयास सफल हुन नसकेपछि उनी संसदबाट विश्वासको मत लिने निर्णयमा पुगेकी हुन् ।मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको दुई साता वितिसकेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको सहयोगमा पनि मुख्यमन्त्री शाक्यको सरकार टिक्ने सम्भावना छैन ।

कार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।उक्त संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गते भित्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिइसक्नु पर्ने हुन्छ ।

बागमती प्रदेशमा बलियो पक्कड बनाएको गठबन्धनको सरकार बन्ने निश्चित देखिन्छ । प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसदसहित संयुक्त गठबन्धनको सरकार बनाउने गृहकार्य भइरहेको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।