image
image

घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

काठमाडौँ, १२, असोज । कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोजदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताए ।

२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ शर्माले भने ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ । शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल लाग्न सक्ने सुनाए ।

बलिउडमा पनि फिल्म हल खुलेको छ । हिन्दी फिल्म पनि आउँछ । हिन्दी फिल्मले माहोल तताएपछि राम्रा नेपाली फिल्म पनि लाग्नेछन् शर्माले अगाडि थपे अव नियमित हल चल्नेछन् । फिल्मको समस्या छैन । समस्या दर्शक आउँछन्, आउँदैनन् भन्ने हो ।

१८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गर्दा अब उप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म प्रदर्शन गर्न पाइने प्रावधान समेत चलचित्र संघले गरेको छ । अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी समेत गर्नेछ ।

संघले नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन नगर्नेसमेत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।