image
image
 एमालेले गठन गरेको कार्यदलको बैठक बस्दै 

 एमालेले गठन गरेको कार्यदलको बैठक बस्दै 

काठमाडौँ, १२, असोज । नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक बस्दैछ। दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै नेकपा एमालेले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सोमबार कार्यदल गठन गरेको थियो।

कार्यदलका संयोजक रावलले मंगलबार ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका हुन्।

सोमबार बसेको स्थायी कमिटी बैठकले यसअघि नै बनेको कार्यदललाई थप जिम्मेवारी तोक्दै विस्तार गरेको थियो। हिजोको बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरललाई पनि समावेश गरेर विस्तार गरेको हो।

कार्यदललमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन्।

असार २७ गते भएको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका थिए।

असोज १० गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा पनि यस विषयमा व्यापक छलफल भएको थियो। भने, सोमबार बसेको स्थायी कमिटी बैठकमा यसै विषयमा केन्द्रित रहेको थियो।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले कार्यदललाई कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्षले निर्देशन दिएको बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।