image
image

पानी पर्न कम भए पनि पहिरोको जोखिम कायमै  

काठमाडौँ, १२, असोज । केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ । केही दिनदेखि लगातारको झरी परेको छैन भने ठुलो वर्षा पनि भएको छ । तर, लगाता झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहको मौसमविद् बताउछन् । 

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ ।

अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पानी नपरेका ठाउँमा पनि सुख्खा पहिरो जान सक्ने उहाँले बताउनुभयो । यस्तै, आज पनि देशका केही ठाउँमा दिउँसो पछि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् ।  

आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।