image
image

सीमा नखुल्दा रुपन्देहीका होटल र पर्यटन क्षेत्र मारमा

काठमाडौँ, १२, असोज । नेपाल–भारत सीमा नाका बन्द हुँदा रूपन्देहीको होटल र पर्यटन क्षेत्र मारमा परेको छ । कोभिड संक्रमण फैलन नदिनका लागि सीमानाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।

सीमानाका बन्द हुँदा रुपन्देहीमा सञ्चालित ३ सय बढी होटल तथा रेष्टुरेन्ट,  १ सय बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायीको भनाइ छ । निजी क्षेत्रको करिब २५ अर्ब रूपैयाँ लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा संकटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्लामा ठूलादेखि साना होटल सञ्चालनमा आएका थिए । जसमा कार्यरत अधिकांश कर्मचारीसमेत बेरोजगार भएका छन् । 

सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले हचुवाका भरमा सीमा नाका बन्द गर्दा पर्यटन क्षेत्र टाट पल्टिएको गुनासो गरे । कोभिड विरुद्धको खोप लगाएका र पीसीआर रिपोर्ट लिएर आउने पर्यटकका लागि सीमा खुल्ला गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्र बचाउनका लागि भारतीय पर्यटकको आगमनलाई सहज गर्न आग्रह गरे ।

लग्जरी इन्टरनेसनलका व्यवस्थापक पवन गोयलले पर्यटन क्षेत्रलाई बचाइराख्ने हो भने सरकारले भारतीय पर्यटक आउने वातावरण सृजना गर्नुपर्ने सुझाव दिए । देशमा पर्यटन क्षेत्र नराम्रोसँग पछारिएको छ, उनले भने, जसका कारण अर्बौं लगानी डुब्नाका साथै हजारौंले रोजगार गुमाएका छन् ।

ट्राभल एसोसिएसनको साझा संस्था सोटो नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा गुजराती समाज सार्क टुर एन्ड ट्राभलका सञ्चालक श्रीचन गुप्ताले तेस्रो देशका पर्यटक आउनमा सरकारले रोक लगाए पनि भारतीय र चीनबाट आउने पर्यटनलाई खोप लगाएका आधारमा आउन दिन सरकारसँग माग गरेका छन् ।

नेपालको पर्यटन क्षेत्र आर्थिक सबलीकरणको महत्वपूर्ण व्यवसायी भएकाले यसलाई बचाउन सरकारले नयाँ सोचका साथ योजना तथा कार्यक्रम ल्याउनसमेत गुप्ताले आग्रह गरे । कोभिडको महामारीपछि आएको संकटले पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने यातायात क्षेत्रसमेत संकटमा परेको छ । पैदलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया सीमा नाका रुपन्देहीमा पर्ने भएकाले पर्यटकलाई दृष्टिगत गरेर सञ्चालनमा रहेको यातायात क्षेत्र नाका बन्दले पर्यटक नआउँदा समस्यामा परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।