image
image

आज २८ सेप्टेम्बर, विश्व रेविज दिवस 


काठमाडौँ, १२, असोज । आज २८ सेप्टेम्बर, विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत : बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गरेको छ । 

नेपालमा अर्थिक वर्ष २ं७६⁄७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको तथ्यांक रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । त्यस्तै अर्थिक वर्ष २०७७ ⁄७८ मा २ लाख ९५ हजार भाइल रोविजविरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ । 

मुख्यतः संक्रमित जनावरको टोकाइबाट यो रोग सर्ने भए पनि बिना टोकाइ पनि मानिसमा रेविज सर्ने जोखिम हुने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा, रेविज लागेको गाई भैंसीलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउँदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा तथा रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा पनि यो रोग सर्नसक्ने निर्देशनालयले जनाएको छ ।

बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा औषधि (डिटोल आयोडिनको झोल) लगाउनु रेविजको प्राथमिक उपचार हो । नेपालमा सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।