image
image

इजरायल रोजगारीमा जानेको तलब २ लाख सम्म हुने 

काठमाडौँ ११ असोज ।  वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ । 

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए । 

तिनैमध्ये अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए । अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरि १६ सय जना सिफारिस भएका हुन् । तर माग भने १ हजार कामदारको थियो ।  

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । 

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे ९केयरगिभर०का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ । 

इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मानिन्छ । इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० लाग्ने अनुमान छ भने मासिक करिव १ लाख ९० हजार तलब प्राप्त गर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।