मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा हुने
काठमाडौँ ११ असोज । नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा गर्ने भएको छ । काउन्सिलले दुई चरण गरि पहिलो चरणमा उपत्यका बाहिर र दोस्रो चरणमा काठमाडौं उपत्यकामा निर्वाचन गर्ने भएको हो ।
काउन्सिलले सोमबार जारि गरेको सूचना अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते निर्वाचन हुनेछ भने काठमाडौँ उपत्यकामा १० र ११ गते हुनेछ । निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ भने असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय रहने उल्लेख गरेको छ ।
मतदाता नामावली प्रकाशन भने असोज २५ गते हुनेछ भने उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने समय कात्तिक १ र २ गतेलाई तोकिएको छ । कात्तिक ३ गते उम्मेदवारीमा दावी विरोध गर्न पाइनेछ । ४ गते उम्मेदवारी फिर्ता लिन पाइनेछ भने अन्तिम नामावली प्रकाशन गर्ने मिति मंसिर ५ गतेलाई तोकिएको छ ।