image
image

अदालतले चूडामणि शर्मासँग माग्यो  धरौटी

काठमाडौँ ११ असोज  । विशेष अदालतले भ्रष्टाचारका आरोपित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी मागेको छ । सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले यस्तो फैसला गरेको हो ।

थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका शर्मालाई ५० लाख रुपैयाँ धराैटी मागिएको हो । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध  एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै गत असार ९ गते विशेषमा मुद्दा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।