image
image

बुद्ध एयरलाइन्समाथि छानबिन हुने

काठमाडौँ ११ असोज । सोमबार बुद्ध एयरका दुई जहाजमा एकै समयमा समस्या देखिएको छ। समस्या देखिएका दुवै जहाज एटीआर-७२ हुन्। सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९ एन-एएनआई’ कलसाइनको एटीआर-७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो। काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्‍यो। उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए।

त्यस्तै अर्को काठमाडौंबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन-एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो। त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाइयो।

एकैदिन दुई जहाजमा खराबी देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अप्रेशन डिपार्ट प्रमुखसमेत रहेका प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक समस्याबारे छानबिन हुने बताएका छन्। ‘बुद्धको जहाज ल्याण्डिङ गियर नखुलेको भन्दै बिराटनगरबाट काठमाडौँ फर्केको हो। यसो हुनुमा के-के कारण हुन सक्छन् भनेर हामी अध्ययन गर्छौँ, कमजोरी कसको हो भनेर पनि स्ट्रिक्ली छानबिन गर्छौँ, दोषी देखिए कारबाही पनि गर्छौँ,’ उनले भने। बुद्ध एयरले पनि यस विषयमा आन्तरिक छानविन गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।