image
image
क्याप्टेन आङ्गेलो शेर्पाःजसले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन  

क्याप्टेन आङ्गेलो शेर्पाःजसले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन  

काठमाडौँ ११ असोज । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै थिए आङगेलो शेर्पा । विराटनगरको आकाशमा पुगिसकेको जहाज अवतरण गर्ने तयारी गरिरहेका बेला ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए। जसका रहेका यात्रुहरु एक्कासी आत्तिए। ओर्लिनै लागेको जहाज एक्कासी उचाई बढाउँदै गएपछि अत्तालिएका यात्रुहरुलाई चालकदलले विश्वस्त दिलाउँदै धैर्यता राख्न अनुरोध गरे ।

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि शेर्पाले जहाजलाई विमानस्थलसँगको समन्वयमा सिधै काठमाडौँतर्फ डाइभर्ट गरे। विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौँ सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौँतर्फ डाइभर्ट गरेका थिए ।


त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण गराउनुपूर्व विमानमा रहेको इन्धन सकाउनका लागि शेर्पाले काठमाडौँको आकाशमा २ घन्टासम्म विमान घुमाए । त्यस समय त्रिभुवन विमानस्थलमा आवश्यक पूर्वतयारीका लागि पर्याप्त रह्यो । २ घन्टा घुमेपछि विमानस्थलको कोटेश्वर साइडबाट जहाजलाई विमानस्थलमा अवतरण गराइएको थियो ।

जहाज धावनमार्गमा अवतरण गरिसकेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दुवैतर्फबाट दमकल र एम्बुलेन्सले जहाजको पिछा गरेका थिए ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौँमा सुरक्षित अवतरण गराएका थिए । विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका शेर्पाको कुशलता र धैर्यताले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन ।

जहाजमा ६८ वयस्क, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौँ फर्काउने निणर्य गरेका थिए।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौँको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ। जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौँमा फर्काउने निणर्य गरे। काठमाडौँ आकाशमा आइसकेपछि क्याप्टेनले टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।