image
image

तराई–मधेसमा जितिया पर्व सुरु

काठमाडौँ, ११, असोज। तराई–मधेसमा जितिया पर्व सुरु भएको छ । सन्तानको सुख–शान्तिको कामना गर्दै महिलाहरूले यो पर्व मनाउँदै छन् । 

आइतबारदेखि विधिवत सुरु जितिया पर्वको दोस्रो दिन आज (सोमबार) नहाय खाय गरेका छन् । जनकपुरधामका जलाशायहरूमा महिलाहरूको घुइँचो लागको हो । विभिन्न जलाशयमा पुगेर महिलाहरूले नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शिरमा तेल दलेर सुख–शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ ।

जितिया आउँदो बुधबार समापन हुनेछ । महिलाहरूले २४ देखि ३६ घण्टासम्म निराहार पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले यो पर्वलाई कठोर मानिन्छ ।

मंगलबार बिहान सूर्योदयभन्दा पूर्व दही–चिउरा ओगटन ९दर० खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार अपराह्न ५ बजेपछि समापन गर्नेछन् । यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने हुँदा समापन बुधबार साँझ हुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।