image
image

धरानमा आज र भोलि भेरोसेल खोप लगाइने

काठमाडौँ, ११, असोज । धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं. १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भवन, वडा नं. ८ वडा कार्यालय, वडा नं. ९ समिट स्कुल, वडा नं। १० किरात राई यायोख्खा भवनमा भेरोसेल खोप लगाइने जानकारी दिए । असोज १२ गते वडा नं. ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १२ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. १३ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १४ दन्तकाली मावि विजयपुर, वडा नं. १५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नं. १६ शारदा बालिका मावि, वडा नं. १७ पञ्चकन्या मावि रेल्वे, वडा नं. १८ वडा कार्यालय, वडा नं. १९ वडा कार्यालय, वडा नं. २० विष्णुपादुका स्वास्थ्य चौकीमा लगाइने उनले बताए । खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।