भोलिदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ
काठमाडौँ १० असोज भोलि सोमबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्दै छ। लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभाग र यातायात व्यवसायी सहमत भएका हुन्।
अघिल्लो वर्ष कोरोना भाइरसका कारण सार्वजनिक बसको टिकट बुकिङ खुलेको थिएन। यो वर्ष भने महामारीको प्रभाव कम हुँदै गएकाले काठमाडौंलगायत सहरी क्षेत्रमा बस्दै आएका यात्रुलाई दसैँमा घर जान सहज होस् भनेर टिकट बुकिङ खोलिएको हो।