image

नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

काठमाडौँ १० असोज । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकमा जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएकी हुन् ।  सीआई र भिसा पाएका १३ हजार विद्यार्थीहरूले पैसा बुझाएर पनि जापान जान पाएका छैनन् । कोभिड–१९ सङ्क्रमण बढी रहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।