image
image

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव

काठमाडौँ, १०, असोज । चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्यान गर्नका लागि चिनियाँ सरकारसँग केन्द्रिय बैंकले आह्वान गरेको छ । क्रिप्टोकरेन्सीले गर्दा राष्ट्रिय सुरक्षामा समेत चोट पुग्न सक्ने बैंकको भनाई रहेको छ । क्रिप्टोकरेन्सी हरेक दिन व्यवसाय गर्न उपयुक्त नभएको पनि बैंकले जनाएको छ ।

अब देखि चीनमा क्रिप्टोकरेन्सी प्रयोग गरेर गरिएको कारोबार अपराधिक क्रियाकलाप मानिनेछ । बैंकले वित्तिय संस्था तथा ईन्टरनेट कम्पनीहरुलाई क्रिप्टो व्यवसाय बन्द गर्न भनेको छ । वैदेशिक एक्सचेञ्जहरुलाई पनि बैकंले चिनियाँ नागरिकलाई सेवा दिनबाट प्रतिबन्ध लगाएको छ । चीनमा विभिन्न एजेन्सीहरु मिलेर क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन चाहिरहेका छन् ।

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगले गर्दा पैसा ठग्ने, अवैध रुपमा कोष खडा गर्ने पिरामिड योजनाहरु र अन्य अवैध र अपराधिक गतिविधिहरुमा वृद्धि भएको बैंकको ठहर रहेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले क्रिप्टोकरेन्सीको माइनिङमा पनि प्रतिबन्ध लगाउने योजना बनाईरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।