image
image

इँटा व्यवसायी लामामाथि अदालत परिसरमै खुकुरी प्रहार

काठमाडौँ १० असोज  । एक इँटा व्यवसायीमाथि अदालत परिसरमै खुकुरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रे घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।    

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले व्यवसायी लामामाथि आइतबार खुकुरी प्रहार गरेका हुन् । मोरङको कटहरी गाउँपालिका ६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाको लगानी रहेको छ । कार्कीले किन व्यवसायी लामामाथि खुकुरी प्रहार गरे भन्ने कारण खुलेको छैन ।  

लामाको पेट हातलगायत भागमा गहिरो चोट लागेको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।