image
image
रामेछापमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते 

रामेछापमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते 

काठमाडौँ १० असोज । रामेछापको सुनापति गाउँपालिका–४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका–३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो ।

उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्यको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।