image
image

ढलमा खसेर बेपत्ता बालकको शव भेटियो

काठमाडौँ १० असोज । काठमाडौँको कपनको ढलमा खसेर गत साेमबारदेखि हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार ललितपुरको बागमती गाउँपालिका–१, घुसेलस्थित बागमती नदी किनारमा उज्ज्वलकाे शव फेला परेको हो। स्थानीयले शनिबार बेलुका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

एसपी महर्जनका अनुसार भेटिएका स्थानबाट शव मूल सडकमा ल्याउन २ घण्टा हिँड्नुपर्छ। ​​शवमा रहेको कपडाका आधारमा आफन्तले आफ्ना बालक चिनेको उनले बताए। कपनकाे सडकमा खुला राखिएकाे ढलमा यही असाेज ४ गते साँझ खसेर उज्ज्वल बेपत्ता भएका थिए।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।