नमूना ढुवानीग्रामः सार्वजनिक
काठमाडौँ १० असोज । बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमूना आयोजनाका रुपमा सञ्चालन गर्न लागेको हो ।
व्यस्त सहरी क्षेत्रमा उच्च भारवाहनका सवारीसाधनलाई प्रवेशमा रोक लगाउन र ट्राफिक व्यवस्थापन गर्न अलग्गै यो ग्राम बनाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । यो योजना रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा उपमहानगरले बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको हो । मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले ढुवानी ग्राम निर्माण गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
वडा नं १२ ढवाहस्थित भैरहवा टोलको तीन बिघा जमिनमा करिब रु ३७ करोड लागतमा ढुवानीग्राम निर्माण गरिएको हो । ढुवानी ग्राममा रहने गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट निर्माणका काम अन्तिम चरणमा पुगेको र सो स्थललाई सुन्दर पनि बनाइने भएको छ ।
“सहरमा ट्राफिक चाप घटाउने, अव्यवस्थित रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट मात्र उच्च भारवहन सवारीसाधन अनलोड गर्न लगाउनेगरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौँ”, उनले भने,“ढुवानीग्राममा सम्लग्न व्यवसायीको समेत साझेदारीमा सुरु गरिएको यो योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।”
बहुवर्षीय योजनाका रूपमा अगाडि सारिएको यो योजना अहिले सम्पन्न हुनै लागेकाले उपमहानगरपालिकाकोे प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्यका लागि प्रतिबद्धता जनाएका र काम पनि तोकिएकै समयमै पूरा भएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए । ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानका रुपमा नमूना अटो भिलेजपछि अब नमूना ढुवानी ग्राम बन्ने बताए । उनले लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित हुने देखिएकाले आफूहरुले यसमा सहकार्य गरेको उल्लेख गरे ।