image
image
 नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका 

 नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका 

काठमाडौँ, १०,  नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज असोज १० गते अन्तिम मौका रहेको छ। नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को आर्थिक वर्ष २०७७र७८ का लागि प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले यी दुवै योजनाको प्रतिफल वितरण प्रयोजनका लागि भोलि असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १० गतेसम्म कायम इकाइधनीहरुमात्र यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।

गत आर्थिकको मुनाफाबाट नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ५० करोड रुपैयाँ बाँडिनेछ। 

यसैगरी नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार ३९।२ करोड इकाइधनीहरुलाई बाँडिनेछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।