सोमबारदेखि हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव भेटियो
काठमाडौँ, १०, काठमाडौंको कपनस्थित ढलमा खसेर गत सोमबारदेखि हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार ललितपुरको बागमती गाउँपालिका–१, घुसेलस्थित बागमती नदी किनारमा उज्ज्वलको शव फेला परेको हो।
‘स्थानीयले शनिबार बेलुका शव देखेपछि हामीलाई खबर गरेका हुन्’, एसपी महर्जनले आइतबार बिहान भने, ‘ढुंगाको चेपमा अड्किएको अवस्थामा शव रहेछ।’
अहिले शव प्रहरीको टोलीले त्यहाँबाट उठाएको उनले जानकारी दिए। कपनमा आफन्तलाई पनि खबर गरिएको र शव पहिचान भएको उनले बताए।
एसपी महर्जनका अनुसार भेटिएका स्थानबाट शव मूल सडकमा ल्याउन २ घण्टा हिँड्नुपर्छ। शवमा रहेको कपडाका आधारमा आफन्तले आफ्ना बालक चिनेको उनले बताए।
कपनको सडकमा खुला राखिएको ढलमा यही असोज ४ गते साँझ खसेर उज्ज्वल बेपत्ता भएका थिए।