image
image
खोपकै कारण अस्ट्रेलिया जाने करिब चार हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुन सक्ने  

खोपकै कारण अस्ट्रेलिया जाने करिब चार हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुन सक्ने  

काठमाडौँ, १०, भिसा लागेर अस्ट्रेलिया आउने प्रतिक्षामा रहेका विद्यार्थीका लागि उनीहरूले लगाएको खोप बाधक बन्ने देखिएको छ। 

अस्ट्रेलियन सरकारले मान्यता दिएका चार वटा खोप फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र मोड्रेर्नालाई न्युसाउथवेल्स राज्य सीड्नीले प्राथमिकतामा राख्ने भएपछि यी बाहेक अन्य खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया भित्रन समस्या देखिने भएको हो। 

सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी आउने देश चीन र चिनियाँ खोप लगाउने नेपाली विद्यार्थीले अष्ट्रेलिया प्रवेश गर्न नपाउने भएपछि विद्यार्थीलाई अन्योल थपिएको छ। 
नेपालका अधिकांश विद्यार्थीले सिनोभ्याक्स, सिनोफार्म र भेरोसेलको खोप लगाएका हुनाले भिसा लागेर बसेका करिब चार हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भएका हुन्।

यसैबीच यहाँका शैक्षिक व्यवसायीले चिनियाँ खोप लगाएका  र भिसा लागि अनलाइन पढिरहेको आफ्ना विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउन विश्वविद्यालयले पहल गर्नुपर्ने भन्दै दबाब दिन थालेका छन्।

खोपलाई मान्यता दिने निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन टिजिए समक्ष न्यु साउथवेल्स राज्यका प्राध्यापक बार्नी ग्लोभरले अष्ट्रेलियामा मान्यता नपाएका अन्य खोप लगाएका नागरिकलाई कसरी भित्र्याउन सकिन्छ भनेर सरकारलाई सुझाव दिन आग्रह गरेका छन्। 

बार्नीले त्यस्ता मानिसलाई कुन पद्दती र कस्ता क्वारेन्टिनकोे व्यवस्था गर्न सकिन्छ भनेर मार्ग प्रशस्त गरिदिन पनि सम्वन्धित निकायलाई अनुरोध गरेका छन्। अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने क्रममा सरकारले खोप रणनीतिलाई पनि सहज गर्दै लानुपर्ने उनको भनाइ छ। 

अष्ट्रेलियामा मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पाइलट योजना अन्तगर्त ल्याउन न्युसाउथवेल्स राज्य सरकार सहमत भइसकेको छ। 

१८ महिनादेखि बन्द अन्तर्राष्ट्रिय आवागमन खोल्न र विद्यार्थी भित्र्याउन स्थानीय सरकारले पहल गर्दै आए पनि केन्द्रिय सरकारको कोरोना संक्रमण रोक्ने कठोर नीतिका कारण सम्भव हुन सकेको छैन। तर अहिले आएर केन्द्रिय सरकारको नीति अनुसार विद्यार्थी ल्याउने सहमतिमासमेत खोपको कडा नियमले अप्ठ्यारो स्थिति ल्याउनसक्ने संकेत देखिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।