image
image
करिश्माको प्लस टु सकियो, ब्याचलरमा भेट्ने बाचा

करिश्माको प्लस टु सकियो, ब्याचलरमा भेट्ने बाचा

काठमाडौँ, १०, अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकाएकी छन् । हालै उनले कक्षा १२ को परीक्षा दिएकी हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी छन् । प्लस टु पछि करिश्माले अध्ययन अगाडि बढाउलिन् त , धेरैमा उब्जिएको प्रश्न हो यो । जसको जवाफ समेत उनले सामाजिक सञ्जालमा कक्षा १२ लाई ‘गुड बाइ’ भन्दै ब्याचलरमा भेट्ने बाचा गर्दै गरेकी छन् ।

करिश्मा सबै व्यवसायिक काम छोडेर गत भदौको अन्तिम साताबाट कक्षा १२ को परीक्षामा होमिएकी थिइन् । नेपाली फिल्म क्षेत्रमा सदावहार सुन्दरीको परिचय बनाएकी उनको परीक्षा केन्द्र किटनी कलेज गोदावरी रहेको थियो । अभिनय, व्यवसायलगायत बिभिन्न काममा ब्यस्त उनले अब परीक्षाको कारण रोकिएका कामहरु अगाडि बढाउनेछिन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि भने आफुलाई राजनीतिबाट अलग बनाएकी छन् ।

फिल्म ‘सन्तान’ बाट अभिनयमा डेब्यु गरेकी उनी सो समय ८ कक्षामा पढ्दै थिइन् । त्यतिबेला उनको उमेर १४ वर्षको थियो । परिवारको आर्थिक अवस्थाका कारण सो समय उनले पढाई छाडेर अभिनय रोजेकी थिइन् ।  अभिनय सँगसँगै राजनीतिलाई अगाडि बढाउन तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी उनलाई आफ्नै पार्टीको एक व्यक्तिले अनपढ भनेपछि उनको मनमा पढ्ने इच्छा जाग्रित भएको थियो ।

त्यसपछि कक्षा ८ मा भर्ना भएर उनले अध्ययन अगाडि बढाएकी हुन् । उनको अध्ययनको उद्देश्य आफ्नो नामको अगाडि डाक्टर लेखाउनु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।