image
image

इजरायलमा केयरगिभर का लागि पठाइने कामदारको नाम सिफारिस

काठमाडौँ, १०, सरकारले इजरायलमा केयरगिभर का लागि पठाइने १ हजार ६०० जना नेपाली कामदारको नाम सिफारिस भएको छ। 
वैदेशिक रोजगार विभागले आइतबार इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट १ हजार ६०० जना नेपालीको नाम सिफारिस गरेको हो। विभागले अंग्रेजी भाषा परीक्षा उर्तीण गरी अन्तर्वार्तामार्फत छनोट भएका ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी पीआईबीए लाई सिफारिस गरेको हो।

विभागबाट सिफारिस भएकामध्येबाट पीआईबीएले कामदार छनोट गर्नेछ। त्यसपछि पीआईबीएले तीमध्ये १ हजार ४०० को रोस्टर तयार गर्ने र त्यसबाट १ हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ। 

यसरी छनोट भएका कामदार र रोजगारदाताबीच सम्झौता हुनेछ। त्यसपछि ती कामदार इजराल जान पाउनेछन्। छानिएका कामदार जाँदा लाग्ने शुल्क रोजगारदाताले नब्यहोरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ। 

इजरायलमा मासिक कमाइ डेढ लाख रुपैयाँभन्दा बढी हुनेछ। भिसा अवधि ५ वर्षको रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।