image
image

नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै 

काठमाडौँ, १०,  साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स जानेछ । नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ असोज १५ देखि ३० गते सम्म माल्दिभ्समा आयोजना हुनेछ । नेपालले पहिलो दिनै आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ असोज ३० मा फाइनल खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।