image
image

अब १२ देशका नागरिकले नेपाल आउन अनअराईभल भिसा नदिने  

काठमाडौँ ९ असोज । सरकारले विदेशी नागरिकलाई अनअराईभल भिसा दिने भएको छ । कोभिड विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकका लागि अनअराईभल भिसा खुला गरिएको छ । तर द्वन्द्वग्रस्त विभिन्न मुलुकहरुलाई भने भिसा नदिइने अध्यागमन विभागले जनाएको छ । 

विभागका अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा नपाउने जनाएको छ ।

उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्नेछ ।यसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रुपमा कुटनीतिक नियोगबाट भिसा लिनु पर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।