image
image

भन्सार छलेर गोदाम गरिएको सामान बरामद

काठमाडौँ ९ असोज ।रोहिणी गाउँपालिका-२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

उनका अनुसार कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद भएको छ।

चाडबाडलक्षित सुरक्षा योजना अनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरीले भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।

बरामद सामान आइतबार भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए। यो सामान कसले ल्याएर गोदाम गरेको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।