image
image

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

काठमाडौँ ९ असोज ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । चितवनमा पिसिआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ ।


जिल्लावासीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न छाडेर सावधानी नअपनाइ दैनिक कामकाज सुरु गरेको अवस्थामा फेरि पनि कोरोना सङ्क्रमण बढ्नसक्ने स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबाबु तिवारीले बताए । संक्रमण घट्दै गएपनि आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न हेलचेक्रयाइँ गर्नु नहुने उनले बताए ।


यहाँ कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणका कामहरु पनि भइरहेका छन् । चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले खोप लगाएकामध्ये एकलाख ५० हजारले पूर्ण खोप पाइसकेका बताए । खोप लगाउने क्रम बढ्दै गएको भए पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।