image
image

तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी प्रमुख वानझाउ रिहा

काठमाडौँ  ९ असोज। चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानझाउलाई क्यानडाले तीन वर्षपछि रिहा गरेको छ ।अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानझाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर, पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानझाउलाई रिहा गरेपछि उनी क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको जनाइएको छ ।

अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर, पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।