image
image

आज कहाँ-कहाँ कटौती हुँदैछ विद्युत ? सूचीसहित

काठमाडौँ, ९, असोज । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि भन्दै आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । 

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रदेश–१, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा विहान ७स३० देखि साझ ५ बजे सम्म विद्युत कटौती गर्ने भएको हो । 

काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेको पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका(खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म  विद्युत कटौती हुने भएको छ ।

यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवेसीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुखका हाँगा काट्न विद्युत अवरुद्ध हुने प्राधिरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।