image
image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ, जुत्ता समेत जाँच गर्न थालइयो

काठमाडौँ ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाईका साथ यात्रुको जाँच गर्न थालिएको छ ।  केही दिनअघि काठमाडौँबाट नेपालगन्ज हवाईयात्रामा निस्किएका यात्रुको साथमा सुन भेटिएपछि कडाइ गरिएको हो ।

सो घटना पछि  विमानस्थलमा सबै यात्रुको जुत्ता खोल्न लगाइने गरेको छ । त्यस्तै विगतका दिनभन्दा शरीर जाँचमा पनि कडाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अवैध कामहरू हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताए ।

साथै उनले अहिले आन्तरिक उडानका यात्रुको जाँच गर्दा जुत्ता खोल्न लगाइएको र सुरक्षाका दृष्टिले आवश्यक परे अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप कदम चालिन सक्ने बताए ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।