काम गर्ने भए गर्नुस्, नत्र हात उठाउनुस् ः जनार्दन शर्मा
काठमाडौँ, ८, असोज । महत्वकांक्षी लक्ष्यसहित अर्थमन्त्रालयको जिम्मेवारी लिन पुगेका अर्थमन्त्री जनार्दन शर्माले राजस्व लक्ष्य समेत निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको भन्दा उल्लेख्य रूपमा बढाएका छन्।
त्यसलाई हासिल गर्ने बाटो बनाउनका लागि शर्मा यतिबेला भरमग्दुर प्रयास गरिरहेका छन्। यतिसम्म कि उनी राजस्व उठाउने तालुक निकायका मैदानमा खटिने कर्मचारीहरुसँग समेत कडा रूपमा प्रस्तुत हुन थालेका छन्।
उनले अर्थमन्त्रालयको कमाण्ड सम्हालेपछि भन्सार विभागमा भएको कार्यक्रममा राजस्व असुली दोब्बर पार्ने कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए। यो निर्देशनको आलोचना भए पनि शर्माले आफ्नो अडान छाडेका छैनन्। केही दिन अघि उनले आफ्नो निर्देशनलाई खिल्ली उडाउने काम भएको भन्दै कार्ययोजना नआएकोमा गुनासो गरेका थिए।
हालै भन्सार विभागको वार्षिक समीक्षा कार्यक्रममा त उनले कर्मचारीहरुलाई राजस्व संकलनमा निर्मम बन्न निर्देशन दिँदै ुकाम गर्ने भए गर्नुस् नत्र हात उठाउनुस्ु समेत भनेको अर्थ मन्त्रालयसम्बद्ध एक कर्मचारीले बताए।
अहिले राजस्व संकलन गर्ने दुई मुख्य निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभागले वार्षिक समीक्षा सकिसकेका छन्। वार्षिक समीक्षा गोष्ठीमा मन्त्री र सचिव दुवैजना मैदानमा खटिने कर्मचारीसँग कडा रुपमा प्रस्तुत भएका हुन्। गोष्ठीमा भन्सार तथा राजस्व कार्यालय प्रमुखलाई काठमाडौं बोलाइएको थियो।
पूर्वअर्थमन्त्री पौडेलले राखेको भन्दा ३६ अर्ब रुपैयाँ बढी राजस्व संकलन गर्ने लक्ष्य शर्माले राखेका छन्। यसलाई भेट्नका लागि मन्त्रालयले राजस्व चुहावटमा कडाई गर्ने तयारी गरेको हो।
यद्यपि, मन्त्री शर्माले राजस्व संकलनलाई दोब्बर बनाउने असान्दर्भिक अभिव्यक्ति दिँदै आएको सम्बद्ध जानकारहरुले बताउँदै आएका छन्। उनले सार्वजनिक कार्यक्रमहरुमा नै पनि राजस्व संकलन दोब्बर बनाउने दाबी गर्दै आएका छन्।
भन्सार विभागको वार्षिक समीक्षा तथा व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री र राजस्व सचिवले राजस्व चुहावटमा निर्मम बन्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। साथै, मन्त्री शर्माले कर्मचारीलाई सक्नेले काम गर्ने, नसक्नेले सक्दिन भनेर हात उठाउनुपर्ने भनेका हुन्।
अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुले कर्मचारीको अभावमा काम गर्न नसकिएको बताएका थिए। एक कर्मचारीका अनुसार जवाफमा मन्त्री शर्माले ुतपाईंहरुलाई कति जनशक्ति चाहिन्छ भन्नुस्, फुल फ्लेजमा काम गर्नुस्, होइन भने हात उठाउनुस्, अर्को व्यवस्था गर्छौुं भनेका थिए।
ती कर्मचारी भन्छन् ुभन्सार महसुलको लक्ष्य पहिलेको भन्दा १५ अर्ब बढेर आएको छ, महसुल संकलनको तरिका उही छ। भन्सार जाँचपासको तरिका परिवर्तन गर्न पनि मन्त्रीले निर्देशन दिनुभएको छ।ु
यद्यपि, थपिएको १५ अर्ब राजस्व लक्ष्य पूरा गर्न सहज छैन। अहिले आयातको ग्राफ बढेको छ। सोही समयमा चेकजाँचमा कडाइ गरी राजस्व संकलन बढाउने योजना सरकारको छ।
भन्सार मूल्यांकन मोडालिटी फेरिने
देशमा धेरै आयात व्यापारमा आधारित व्यावसायी छन्। यी व्यवसायीहरुले सबैभन्दा धेरै दसैंलक्षित आयात गर्ने गर्दछन्। यो समयमा भन्सार जाँचपासलाई कडाइ गर्ने तयारी विभागको छ।
विभागका एक कर्मचारीका अनुसार, भन्सार जाँचपासको नयाँ मापदण्ड तयार भइसकेको छ। उनका अनुसार केही दिनमै सो मापदण्ड लागू हुनेछ।
फेरिएको मूल्यांकन प्रणालीमा भन्सार कार्यालयमा बुझाइएको प्रकृतिको सामग्रीबाहेक अन्य सामग्री भएमा कानुनबमोजिम कारबाही गर्ने तयारी छ। जसमा हाल भइरहेको चेकजाँचभन्दा कडाइ हुनेछ। अहिले कर्मचारी अभावका कारण जाँचपासका लागि कठिनाइ भएको भन्सारका कर्मचारीहरुको भनाइ छ।
हाल रसुवा भन्सार कार्यालयमा दुईजना मात्रै कर्मचारी छन्। अब सो स्थानमा थप सातजना कर्मचारी पठाउने तयारी गरिएको छ। यसभन्दा अघि व्यावसायीले पेश गरेको प्रज्ञापनपत्रको आधारमा भन्सार अधिकृतले जाँचपास गरी शंका लागे मात्रै मालवस्तु चेकजाँच गर्ने गर्थें। तर अब सकेसम्म सबै सवारीहरु जाँच गर्ने विभागको तयारी छ।
विशेषगरी आयातमा आधारित व्यावसायीहरुले न्यून बिजकीकरणमा सामान आयात गर्ने गरेका छन्। यस्तै भन्सार अधिकृतलाई झुक्याएर फरक एक्जिम कोडमा सामान भित्र्याउने गर्दछन्। यस्तो नहोस् भन्नका लागि मन्त्री शर्माले भन्सार नाकामा कडा चेकजाँच गर्न निर्देशन दिएका छन्।
भन्सार नाकाबाट जाँचपास हुने सामग्रीमा राजस्व छली हुने गरेको राजस्व अनुसन्धान विभागले पनि स्वीकार गरेको छ। केही वर्षअघि केही भन्सारका कर्मचारीलाई समेत राजस्व अनुसन्धानले नियन्त्रणमा लिएपछि प्रतिट्रक राजस्व संकलन नै वृद्धि भएको छ।
पहिले प्रति कन्टेनर दुईदेखि तीन लाख रुपैयाँ मात्रै राजस्व संकलन भएकोमा अहिले प्रतिट्रक ३० लाख रुपैयाँसम्म राजस्व संकलन भइरहेको छ। हालसम्म भन्सार कार्यालय प्रमुखले सामान्य प्रज्ञापन अनुसार सामानको प्याकिङ लिष्ट हेर्ने गरिएको थियो। अब कार्यालय प्रमुखले खोलेरै चेकजाँच गर्नुपर्ने हुन्छ।
व्यावसायी अत्तालिए
मन्त्री र राजस्व सचिवले कर्मचारीहरुलाई कडा निर्देशन दिएपछि व्यावसायीहरु भने अत्तालिएका छन्। भन्सार विभाग स्रोतका अनुसार, विभागको फेरिएको मापदण्ड कार्यान्वयनमा आउनुभन्दा पहिले नै सामान छुटाउन व्यवसायीले ताकेका सुरु गरेका छन्।
ुफेरिएको मापदण्डअनुसार सामान चेकजाँच भए समस्यामा परिने भन्दै व्यवसायीले छिटो चेकजाँच गर्न दबाब दिइरहेका छन्,ु विभागका एक कर्मचारीले भने।