एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङले नियुक्त
काठमाडौँ, ८, असोज । काठमाडौं एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा सुदेश खालिङले नियुक्त भएका छन्। खालिङले शुक्रबारबाट एभरेष्ट बैंकको सिइओको जिम्वेवारी सम्हालेका हुन्।
बैंक सञ्चालक समितिले उनलाई ६ महिनाअघि नै नियुक्ति दिएपनि कुलिङ पिरियडको ब्यवस्थाले रोकिएका थिए। बैंक स्थापनाको २५ बर्षपछि पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी बनाएको हो।
एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो। एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ।
खालिङ यसअघि सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकको मूख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए। चार बर्षे कार्यकाल पुरा गरी उनी बाहिरिएका थिए।