image
image

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो  

काठमाडौँ, ८, असोज । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्याउ टिप्ने सिजन सुरू भएको छ। मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायत ठाउँका बगैंचामा स्याउ टिप्न सुरू भएको हो।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन्। मुस्ताङमा असोज लागेदेखि स्याउ टिप्न सुरू गरिएको कृषकहरूले बताएका छन्।

विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रासँग पाकेपछि मात्र टिप्न सुरू गरेको मार्फाका स्याउ किसान दीपक लालचनले बताए।

अहिले स्याउ खरिद गर्न स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेका छन्। स्याउ खरिद गर्न म्याग्दी‚ पोखरा, चिवतन‚ धादिङ, काठमाडौंलगायतका ठाउँबाट व्यापारीहरू पुगेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताए। उनका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।