image
image

वैदेशिक रोजगारीमा जान परिवारको स्वास्थ्य बिमा अनिवार्य

काठमाडौँ ७ असोज ।देशभर स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ५ वर्ष पूरा भएको छ ।७७ जिल्लामा स्वास्थ्य बिमा पुर्याउने योजना सँगै अब  वेदेशिक रोजगारीमा जाने नागरिकले परिवारको स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्नेगरी कार्यविधि तयार गरेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले  बताए ।

 “कोही नागरिक वैदेशिक रोजगारीमा जाँदै छ भने उसले अनिवार्य रूपमा परिवारको स्वास्थ्य बिमा गर्नुपर्नेगरी कार्यविधि तयार भएको छ,” उनले भने, “स्वास्थ्य बिमा ऐनमै भएअनुसार वैदेशिक रोजगारीमा जाने नागरिकले परिवारको बिमा गर्नुपर्ने र त्यसको लागि श्रम विभागसँग टाइअप हुन्छ । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बिमामा आवद्ध गर्ने कार्यविधि २०७८ बनाएर स्वीकृतिको लागि मन्त्रालय पठाएको छ ।”

त्यस्तै  सरकारले २०७२ बाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम चालु आर्थिक वर्षबाट ७७ वटै जिल्लामा विस्तार हुने भएको छ । नेपाल सरकारले २०७२ बाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम हाल ७५ जिल्लाका ७३६ स्थानीय तहमा विस्तार भइसकेको र चालु आर्थिक वर्षमा नै बाँकी रहेको काठमाडौं र ललितपुर जिल्लामा विस्तार हुने बताईएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।