image
image

ओली हरूवा र भगौडा हुन् ः प्रचण्ड

काठमाडौँ, ७, असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्।

योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे।

‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन।  दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने’

केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए। ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको प्रचण्डले बताए।ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए।

‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ प्रचण्डले भने,‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।’

माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले  त्यस्तै कोशिश गरेको प्रचण्डले बताए। 

‘अहिले पनि  खतरा टरिसकेको छैन। अहिले पनि हाम्रो गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेका छन्। जस्तोसुकै त्याग गर्नु परे पनि हामीले अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाएका छौं,’ प्रचण्डले भने। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।