image
image

रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा

काठमाडौँ, ७, असोज । कृषि विकास बैंकले रुकुम पूर्वमा नयाँ शाखा सुरुवात गरी सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको प्राथमिकता कृषि रहेकाले रुकुम पूर्वका नागरिकले बैंकबाट प्रभावकारी सेवा पाउने बताए । उनले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितर्फ लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।

त्यसैगरी बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले उत्पादनमुलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आवद्ध गराई लैजाने बैकको नीति रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।